एजेन्सी– इङ्लिस प्रिमियर लिगमा लिभरपुल म्यानचेस्टर युनाईटेड भिड्दैछन्। दुई ठूला क्लबबीचको यो खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएकोे छ।
युनाईटेडको घरेलु मैदान हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ मा शुरु हुनेछ। साविकको उपविजेता लिभरपुल आजको खेल आफ्नो पक्षमा पार्दै अपराजित यात्रालाई निरन्तरता दिने दाउमा छ। त्यस्तै जारी सिजनमा खराब अवस्थाबाट ग्रुजिरहेको युनाईटेड खेल जित्दै अघिल्लो खेलहरुमा बेहारेको हारको पीडा भुलाउने प्रयासमा हुनेछ।
अहिलेसम्म दुई क्लबले एक अर्कासँग २ सय ३० खेलेका छन्। तीमध्ये लिभरपुलले ७६ खेलमा जित निकालेको छ भने युनाईटेडले ८८ खेल आफ्नो पक्षमा पारेको छ। दुई क्लबले ६६ खेलमा भने बराबरी खेलेका छन्।
अंकतालिकामा लिभरपुल सबै खेलमा जित निकाल्दै शीर्षस्थानमा छ। ८ खेलबाट लिभरपुलले २४ अंक जोडेको छ। युनाईटेडले ८ खेलमा २ खेलमात्रै जितेको छ भने ३ खेलमा बराबरी तथा ३ खेलमा हार बेहोरेको छ। युनाईटेड अंक तालिकाको १४ औं स्थानमा छ।