ईटहरी– चर्चित पप गायक नबिन के भट्टराईको स्वरमा रहेको गित ‘एक्लो यात्रा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। पार्वती सुबेदीको शब्द रहेको गितको म्यूजिक भिडियोमा सद्दाम हुसेन र बर्षा सुनुवारको अभिनय देख्न सकिन्छ।
उक्त गितमा संगीत सिखर सन्तोसले दिएका छन्। आर्यान बिक्रम नेपालद्वारा निर्देशित उक्त भिडियोमा बर्षाको निधन हुन्छ र भावविह्वल भएका हुसेन बर्षालाई सम्झँदै बाईक चलाईरहेका बेला उनको पनि दुर्घटनामा परी निधन हुन्छ।
भिडियोमा हुसेन र बर्षाले उत्कृष्ट अभिनय गरेका छन्। आफ्नो भूमिकालाई कलाकारले न्याय दिएका कारण म्यूजिक भिडियोले प्रशंसा कमाईरहेको छ। भिडियोलाई आदिल अन्सारी संगै न्यु क्रीयसन स्टुडियो हेटौंडाले छायङ्कन गरेको हो। भिडियो गायक भट्टराईको युट्युब च्यानलमार्फत बजारमा आएको छ।
https://youtu.be/uOcAxj3lRzA