दाङ _ ठगीको आरोपमा देवः विकास बैंकका ६ सञ्चालकसहित ५६ जनाविरुद्ध मुद्दा दायर भएको छ।
बैंकमा भएको १८ करोड हिनामिना प्रकरणमा तत्कालीन वेस्टर्न डेभलप्मेन्ट बैंकका सञ्चालकसहित ५६ जनाविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको हो।
दाङको घोराही उपमहानगरपालिका(१० नारायणपुरमा रहेको बैंकको शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको विषय गत भदौमा सार्वजनिक भएको थियो।
आइतबार जिल्ला सरकारी वकिल कार्यालयले ६ जना बैंक सञ्चालक, अडिटर, सिइओसहित ६ जना बैँक कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना खातावालसहित ५६ जनाविरुद्ध तुलसीपुर उच्च अदालत तुलसीपुरको वाणिज्य इजलासमा मुद्दा दर्ता गरेको हो।