काठमाडौं – साहित्कार झमक कुमारी घिमिरेको मदन पुरस्कार प्राप्त कृतिमा आधारित रहेर तयार गरिएको चलचित्र ‘जीवन काँडा कि फूल’ कात्तिकको २२ गतेबाट रिलिज हुने भएको छ।
विनोद बिष्टको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा झमकको सानो हुँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूलो हुँदाको भूमिका काठमाण्डौकी रोजित वुद्धचार्यले गरेका छन्। चलचित्रमा स्विकृती शर्मा, सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ।
झमकको कथा, मुक्ती उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा शिव ढकालको छायांकन, तारा थापाको सम्पादन छ। चलचित्रमा बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम सह–निर्माताको रुपमा रहेका छन्।