सिड्नी, (सिन्हवा) – भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ।
स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो। सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४.५ म्याग्नीच्युडको भूकम्प गएको थियो ।
भूकम्पपछि हालसम्म सुनामीको चेतावनी जारी नगरिएको र धनजनको क्षतिको पनि कुनै विवरण प्राप्त भएको छैन । रासस