काठमाडौं– केही समय अगाडि बजारमा आएको गीत पूर्णिमाका गायक शंकर कडेल प्रवासमा रहेर पनि नेपाली गीत संङगीतलाई माया गरिरहेका छन्। माया र पिरतीको मर्मस्पर्शी भाव बोकेको उक्त गितले शंकरलाई गायक भनेर चिनायो।
पूर्णिमाको चम्किलो त्यो जुन मनपर्छ, किन–किन उनकै नजिक हुन मनपर्छ।
गीतको शब्द सङ्गीत राज खड्काको रहेको छ, स्वर शंकर कँडेलले आफैले दिएका छन्। गीतको भिडियो निर्देशन दिपक आचार्यले गरेका छन् भने अभिनय रिया श्रेष्ठ र सुसान्त पाठकले गरेका छन्।
शंकर कंडेलको आफ्नै यूटुब च्यानलबाट बजारमा आएको यो गितमा शंरले लिपसिङ् मात्र दिएका छन्। हेर्दा कुनै नेपाली हिरोहरु भन्दा उनको सुन्दरता कम छैन। उनका धेरै फ्यानहरुले उनलाई भिडियोमा पनि देख्न चाहेका छन्। छोटो समयमा चर्चा पाउन सफल गित पूर्णिमा शंकरको आफ्नै प्रस्तुती हो।
सबै प्रकारका गीतलाई उनी उत्तिकै मिठो तरिकाले गाउँछन्। केही गीतहरुमा गाउन र भिडियो खेल्नको लागि अफर आएतापनि आफु प्रवासमा भएको कारण असम्भव छ। जर्मनमा ईन्जिनियरिङ्ग बिषय अध्ययन गरिरहेका शंकर आगामी दिनमा आफुले गाएको गीतमा सकेसम्म आफैले अभिनय गर्ने बताउँछन्।
https://www.youtube.com/watch?v=u63CXtDz5eo