एजेन्सी– पूर्व पति ब्राड पिटसँगको डिभोर्स पछि हलिउडकी सफल नायिका एन्जेलिना जोलीले निकै पिंडादायक समय बिताएको खुलासा गरेकी छिन्।
‘मैले २ बर्ष अध्यारो र गाह्रो समय बिताएकी छु।’ ४४ बर्षिया सुन्दरीले भनिन् ‘म यही कारणले विगत ४ बर्षदेखि पर्दामा देखिएकी थिइनँ। तर, अब म बलियो भएकी छु।’
उनले भनेकी छिन्,‘विगत केही बर्ष मेरा लागि सहज थिएन। मैले धेरै नै उतारचढाव भोगेकी छु। म बलियो हुन सकिन। यदि, तपाई आफूले आफूलाई नै कमजोर सोच्नुहुन्छ भने त्यतीबेला बलियो बाटोका लागि आफैले आफूलाई धकेल्नुपर्छ। मैले पनि सोही काम गरेँ।’
उनले, आफ्नो शक्ति भनेको नै आफ्ना बच्चाहरु भएको समेत उल्लेख गरेकी छिन्। एन्जेलिनाले भनिन् ‘मेरो बच्चाहरुलाई मेरो स्टारडमसँग कुनै मत्तलव नै छैन। उनीहरु, सामान्य जीवन जिउन चाहन्छन्। हामीले त्यो दिन सक्नुपर्छ।’
एन्जेलिना र ब्राडले १० बर्ष एकसाथ बसेपछि सन् २०१४ मा बिहे गर्ने निर्णय गरेका थिए। तर, त्यसको २ बर्षपछि एन्जेलिना आफैले डिभोर्सका लागि फाइल दर्ता गराएकी थिइन्।