एजेन्सी– भारतको राँचीमा जारी भारतविरुद्धको तेस्रो टेष्टमा पनि दक्षिण अफ्रिका दबाबमा परेको छ। भारतले तयार गरेको ४ सय ९७ रनको विशाल योगफल फलो गरेको दक्षिण अफ्रिकाले पहिलो ईनिङ सकिँदा सबै विकेट गुमाएर १ सय ६२ रन मात्र जोडेको छ।
३ सय ३५ रनले पछि परेको दक्षिण अफ्रिकालाई भारतले पुनः ब्याटिङ गर्न निम्तो दिएको छ। त्यसपश्चात् दोस्रो ईनिङ ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले २ ओभरमा १ विकेट गुमाउँदै १० रन जोडेको छ। त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले पहिलो ईनिङमा ४ सय ९७ रन बनाएको थियो।
भारतले ९ विकेट गुमाउँदै ४ सय ९७ रनमा ईनिङ घोषणा गरेको थियो। भारतका लागि रोहित शर्माले शानदार दोहोरो शतक प्रहार गरेका थिए। उनले २ सय ५५ बलमा २८ छक्का र ६ छक्काको मद्धतमा २ सय १२ रन बनाएका थिए। अर्का बयाट्सम्यान अजिङ्क्या राहनेले १ सय ९२ बलमा १ सय १५ रन बनाए।
दक्षिण अफ्रिकाको पहिलो ईनिङमा जुबायर हम्जाले सर्वाधिक ६२ रन बनाए। उनले ७९ बलमा १० चौका र १ छक्का ह्रहार गरेका थिए। दक्षिण अफ्रिकाविरुद्धको पहिलो इनिङमा भारतका उमेश यादवले ३ तथा मोहम्मद शामी, शाहबज नादिम र रविन्द्र जडेजाले समान २–२ विकेट लिए।