काठमाडौं – नायिका पूजा शर्मा र अर्की नायिका स्वस्तिमा खड्काविच बोलचाल बन्द भएको खबर नेपाली मिडियामा केही समयदेखि आइरहेको छ।
विशेषगरि, नायिका खड्काले एक कार्यक्रममा पारिश्रमिकको बिषयमा गरेको टिप्पणी अर्की नायिका पूजा शर्मा केन्द्रित थियो भन्ने टिप्पणी भएसँगै यी दुइविच बिवाद भएको भन्ने चर्चा चलेको हो। उसो त, यी दुई नायिकाले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले र घामड शेरे’ शुक्रबारदेखि रिलिज हुँदैछन्। यसैले पनि दुई नायिकामध्ये बक्स अफिसमा कसको स्टारडम चम्किएला भन्ने तुलना पनि भैरहेको छ।
तर, विवादको बिषयमा पूजा र स्वस्तिमाले मुख खोलेका छन्। स्वस्तिमाले विवादको खबरलाई अस्विकार गरिन्। उनले पूजाको नाम नलिई भेटघाट नै खासै नहुने प्रतिक्रिया दिएकी छिन्। खासै भेटघाट नै नहुने भन्दै उनले बजारमा विवादको खबर चलेको बताइन्।
यता, नायिका पूजा शर्माले पनि स्वस्तिमासँग खासै भेट नै नहुने बताएकी छिन्। उनले भनेकी छिन्,‘विवादको कुरा त गलत हो। किनकी, हाम्रो भेटघाट नै हुँदैन। अहिलेसम्म २–३ पटक मात्र भेट भयो होला। यसैले, बोल्ने अवसर नै मिलेको छैन।’ नेपाली चलचित्र क्षेत्रमा नायिकाहरुविच बोलचाल बन्द भएको घटना कुनै नौलो होइन।