काठमाडौं – चिसो मौसम प्रवेश भएसँगै मानिसहरुमा रुघा खोकीको समस्या पनि बढ्दै गइरहेको छ। चिसो मौसममा तराईमा शीतलहर र लेकाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बन्ने गर्दछ।
यो मौसमी चक्रलाई प्राकृतिक विपत्ति भने मान्नु हुदैन्। यो मौसम बृद्धबृद्धा, बालबालिका, रोगीहरुका लागि भने अनुकुल मानिदैन। यद्यपी यस किसिमको प्रतिकुलतासँग हामीले जुध्नुपर्ने हुन्छ। उच्च रक्तचाप, युरिक एसिड, दम आदिका रोगीहरुलाई त चिसो मौसम एकदमै कष्टकर हुन्छ।
बृद्धबृद्धा र बालबालिकाहरुलाई निमोनियाका समस्या पनि बढ्ने गरेका छन् भने प्रौड उमेर भएकालाई चिसो मौसममा अक्सर जोर्र्नीको दुखाईले सताउँने गर्दछ। चिसो मौसममा मानिसहरु चिसोबाट बच्नका लागि नुहाउदाको समयमा तातो पानीको प्रयोग गर्ने गर्दछन तर तातो पानीको प्रयोगले मासिहरुले थुप्रै समस्याहरुको सामना गर्नुपर्ने हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ।
लगातार तातो पानीको सम्पर्कमा आउनाले छालाको चमक गुम्ने र केस पनि रुखो बन्दछ। जसका कारण कपालमा चाँया पर्ने समस्या बढ्ने तथा कपाल पनि अधिक मात्रामा झर्ने गर्दछ। यसका साथै छाला सुख्खा हुने, फुट्ने र छाला चिलाउने जस्ता समस्या पनि देखा पर्दछ।
चिसो पानीले पनि छालालाई राम्रो गर्दैन। धेरै चिसो पानीका कारणले स्किन इफेक्सन, एलर्र्जी र छाला चाउरी पर्ने समस्याको खतरा हुने गर्दछ। त्यसैले, मनतातो पानीले नुहाउनु उपयुक्त मानिन्छ। अझ त्यसमा केहि मात्रामा नुन र तुलसीको पात राखेर नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ भन्ने वैज्ञानिक मान्यता छ।