एजेन्सी– लोकप्रिय नायिका वर्षा सिवाकोटी अहिले अमेरिकामा छिन्।
चलचित्र ‘लक्का जवान’ को छायांकन सकेर उनी अमेरिका गएकी हुन्। अमेरिकामा रहेकी वर्षाको अहिले एक यूवासँगको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ। सविनजंग थापा नाम गरेका यूवा आफैले इन्स्टाग्राममा पोष्ट गरेका तस्वीर र भिडियोले पनि वर्षा र उनी प्रेममा छन् भन्ने कुरालाई बल दिएको छ।
वर्षा सविनसँग समय बिताइरहेकी छिन्। जहाँ, उनीहरु निकै नै खुशी पनि देखिएका छन्। वर्षा र सविन केही समयपछि नै वैवाहिक जीवनमा वाधिन लागेको चर्चा समेत चलेको छ।
तर, अमेरिकामा रहेकी नायिका सिवाकोटीले सविनसँग प्रेमको चर्चा हल्ला मात्र भएको प्रतिक्रिया दिएकी छिन्। उनले भनिन् ‘एकसाथ फोटो आएपछि प्रेमको चर्चा हुनु नौलो कुरा भएन। तर, हामी साथी मात्र हौं।’ यदि हुने भएमा तुरुन्तै खबर गर्छु,।