एजेन्सी — कङ्गोको राजधानी शहर किन्सासामा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २४ जनाको मृत्यु भएको छ।
अंगोलाको सीमा क्षेत्रीय कङ्गोली शहर लुफुतर्फबाट आइरहेको सो बस किन्सासा नजिकै बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्। दुर्घटनामा परेको सो बस सीमावर्ती शहर अंगोलाको लुफुबाट राष्ट्रिय राजमार्ग नम्बर १ किन्सासातर्फ जाँदै गरेको र आइतबार मध्यरात करिब १ बजे दुर्घटनामा परेको थियो।
बस म्बान्जा नगन्गु गाउँनजिकै सडकमा आई दुर्घटनामा परेको र त्यसमा आगलागि समेत भएको थियो। सो बसमा यात्रुहरुका अतिरिक्त इन्धन र मदिरा समेत रहेको अधिकारीहरुको भनाई छ। बसमा भार बढी भएकोले दुर्घटनामा परेको र उक्त बसमा इन्धन तथा मदिरासमेत रहेकाले आगो लागेको उक्त क्षेत्रका प्रहरी अधिकारीहरुको भनाई छ। सिन्हवा