काठमाडौं– शास्त्रमा तामालाई पवित्र धातु मानिन्छ। हिन्दु संस्कारमा पुजा पाठ देखि हरेक काममा तामाको भाँडाको प्रयोग गरिन्छ। त्यसैले हिन्दु परम्परामा तामाको विशेष महत्व छ। तामालाई संस्कृतमा ताम्र भनिन्छ भने तामाको भाँडामा राखिएको पानीलाई ताम्रजल भनिन्छ।
तामाको धातुले पानीलाई शुद्धिकरण गर्छ भन्ने मान्यता रहेको छ। त्यसैल तामालाई पानी राख्न र पानी पिउनका लागि तामाको भाँडो उत्कृष्ठ मानिन्छ। तामामा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण भरपूर हुन्छ। तामाको भाँडोमा राखेको पानीले शरीरमा रहेका विषाक्त तत्व पनि हटाउन मद्दत गर्छ। तामाको भाँडामा कम्तिमा ८ घण्टा राखेको पानी सबै भन्दा उत्कृष्ठ मानिन्छ। रातभर तामाको भाँडामा पानी राख्ने र बिहान उठेपछि पिउनुपर्छ, यो एकदमै स्वस्थ्यवद्र्धक हुन्छ।
तामामा किटाणु नाशक तत्व भरपूर हुन्छ। यसले घाउ छिट्टो भरिन्छ। तामाले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ अनि पेटमा हुने अनेकौं आन्तरिक संक्रमणको उपचार गर्छ। तामामा फस्फोलिपिड सिन्थेसिसमा योगदान दिनसक्ने तत्व हुन्छ जसले स्मरणशक्ति बलियो बनाई दिमागलाई सक्रिय बनाउन मद्दत गर्छ। दिनदिनै तामाको भाँडोमा पानी राखेर पिउँदा दिमाग स्वस्थ रहन्छ।
यी छन् फाईदा
_घाऊ, खटिरा छिटो निको पार्छ,
_स्मरणशक्ति बलियो बनाउँछ,
_पाचन तन्त्र सक्रिय बनाउँछ,
_क्यान्सरबाट जोगाउँछ,
_मोटोपना नियन्त्रण,
_मृगौलालाई सफा गर्छ,
_थाइरोइडलाई नियन्त्रन गर्छ,
_मेलानियमको रक्षा गर्छ,
_ब्याक्टेरियाको विनाश गर्छ,
_छालाको स्वस्थता कायम राख्दछ,
_रक्तअल्पता वा रगत कमी हुनबाट जोगाउछ ।