काठमाडौं– पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण डिसेम्बर महिनामा हुने भएको छ। यसअघि नोभेम्वर १२ देखि २३ सम्म हुने भनिएकोमा आयोजकले विज्ञप्ती जारी गर्दै एक महिना पछि सरेको बताएको छ।
पीपीएलको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालि हो। नयाँ मितिअनुसार पीपीएल डिसेम्बर १४ देखि २८ सम्म सञ्चालन हुनेछ।
इङ्ल्याण्काे मेरिलोबोन क्रिकेट क्लब (एमसीसी)को नेपाल भ्रमण नोभेम्वर १ देखि १२ सम्म हुने र सोही समयमा दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट खेलको तयारीका लागि प्रतियोगिता सञ्चालनका हुने हुँदा खेलाडीहरुको व्यस्ततालाई मध्यनजर गर्दै खेल पछाडि गर्ने तयारी भएको आयोजकले बताएको छ।
त्यस्तै नोभेम्बरमा नेपाली यु–१९ टोली भारतको भ्रमणमा जाने तयारी छ। पहिलो संस्करणको सफलता पश्चात हुन लागेको पीपीएलको दोस्रो संस्करणमा ६ शहरका ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ।