काठमाडौं – नायिका प्रियंका कार्की नेपाली लोक तथा दोहोरी गीतमा पछिल्लो समय देखिैदै आएकी छिन्।
एक समयकी नम्बर १ नायिका प्रियंका यसरी दोहोरी गीतमा देखिनुले दोहोरी गीतले प्रियंकालाई पछ्याएको हो वा प्रियंकाले दोहारी गीतलाई पछ्याएको, त्यो सबैको कौतुहलताको विषय बनेको छ।
लोकप्रिय सर्जक, गायक र मोडेल बसन्त थापाको लय, प्रल्हाद सुवेदीको शब्द मा रहेको गीत ‘बैंस’ भर्खर मात्र सार्वजानिक भएको छ। गीतमा बसन्त थापालाई स्वरमा सावित्री पृथ्वीले साथ दिएकी छिन्, जसमा नायिका कार्कीले सुनिल क्षेत्री सँग रोमान्स गरेकी छिन्, साथमा श्रीकृष्ण बम मल्ललााई पनि देख्न सकिन्छ। प्रियंकाको नृत्यले गीतलाई अँझ शसक्त बनाएको छ। गीतको भिडियो निर्देशन पनि सुनिल क्षेत्रीले नै गरेका हुन्।
‘सालको पातको टपरी’ हुनी गीतको चर्चा पछि बसन्त थापाका सबै सृजना पछिल्लो समय चर्चाको शिखरमा छन्। हुनत हिजोदेखि नै बसन्त थापा सफल गायक र सर्जक नै थिए, तर सालको पातले उनलाई अझ एक ईट्टा थप्ने काम गरेको हो। नेपालका चर्चित गायक गायिका जस्तैः राजु परियार, विमाकुमारी दुरा, लक्ष्मी न्यौपाने , विष्णु माझी, देवी घर्ती, पूर्णकला विसी, कुलेन्द्र विश्वकर्मा, याम क्षेत्री, शान्तिश्री परियार लगायतका धेरै गायक गायिकाले उनका सृजनामा स्वर दिईसकेका छन्। त्यसैगरी उनले पछिल्लो समय नेपालका चर्चित नायिकाहरुलाई पनि आफ्नो सृजनामा नचाईरहेका छन्।
उनका सृजनाले कति नयाँ कलाकारहरुलाई अगाडि बढ्न प्रोत्साहन पनि गरेका छन्। ‘बैस’ मा पनि उनले नयाँ सहकार्य गरेका छन्। गायिका सावित्री पृथ्वीलाई पनि यो गीतले दर्शको राम्रै साथ पाउने अनुमान गर्न सकिन्छ। छोटो समयमै यो गीतलाई दर्शकले निकै रुचाईरहका छन्। गीतमा यूवायूवातीले एक अर्काको बैंसको जिम्मा सकिन्छ र? भन्ने भावलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ। गीत बसन्त थापाको यूटुव च्यानलबाट बजारमा आएको छ।
हेर्नुहाेस् भिडियाे
https://www.youtube.com/watch?v=I_Bcesp5Abg