काठमाडौं– टी–२० विश्वकप छनोट क्रिकेटमा स्कटल्यान्डले रोमाञ्चक जित निकालेको छ। सोमबार भएको खेलमा स्कटल्यान्डले पपुवा न्युगिनीलाई ४ रनले हराएको हो।
यो स्कटल्यान्डको प्रतियोगितामा दोस्रो जित हो। स्कटल्यान्डले दिएको १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रनमा समेटियो। पपुवा न्युगिनीको पारीमा नोरमान भनुआले ३३ र लेगा सिएकाले ३१ रनको योगदान दिए। स्कटल्यान्डको बलिङतर्फ हाम्जा ताहिरले ३ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रनजोडेको थियो। स्कटल्यान्डको लागि कप्तान केयल कोएट्जरले अर्धशतकीय पारी खेल्दै ५४ रन बनाए। उनले ४७ बलमा ३ चाैका र २ छक्का प्रहार गरेका थिए। अर्का ब्याट्म्यान माथेव क्रसले २३ बलमा ४ चाैका र एक छक्काकाे मद्दतमा नटआउट ४० रनको योगदान दिए।
पपुवा न्युगिनीको बलिङमा अस्साद भालाले ४ ओभरमा २१ रन दिँदै १ विकट लिए। पपुवा न्युगिनीकाे याे पहिलाे हार हाे। यसअघिकाे खेलमा बर्मुडामाथि १० विकेट र नामिवियामाथि ८१ रनले पपुवा न्युगिनी विजयी भएकाे थियाे।