काठमाडौं– अहिलेको एकदमै विवादित ‘तिहार गीत’ लाई लिएर गायक दुर्गेश थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ। प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि प्रहरीले उनलाई छलफलका लागि बोलाएको छ।
दुर्गेशले हालै ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको गीत यूट्यूवमा सार्वजनिक गरेका थिए। गीतले चाँडै लोकप्रियता पाए पनि यसका केही शब्दहरुलाई लिएर आलोचना भएको छ। आलोचनात्मक प्रतिक्रियाहरु आएपछि कमेन्ट युट्यूवको कमेन्ट बक्स नै गायब पारिएको थियो।
गीतले तिहार र देउसीको भावनामा ठेस पुर्याएको भन्दै जिप्रकामा उजुरी परेको हो। प्रशासन कार्यालयले उजुरीकर्ताको नाम खुलाएको छैन।महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले भने, ‘जिल्ला प्रशासन कार्यालयबाट हामीलाई पात्र आएको छ। हामीले छलफलका लागि उहाँलाई बोलाएका छौं।’
यसअघि ‘बीच्च बीच्चमा’ बोलको तिज गीतबाट दुर्गेशले लोकप्रियता कमाएका थिए। त्यसपछि उनले ‘छ माया छपक्कै’ मा गाएको प्रवर्द्धनात्मक पनि विवादमा परेको थियो। पछिल्लो विवादले भने दुर्गेशलाई प्रहरीमै पुर्याउने भएको छ। जसमा वियरका बोत्तल हातमा लिएर देउसी पुकारेको दुश्य देख्न सकिन्छ। जुन कुरा नेपाली सँस्कृति माथिको अपमान भन्दै कमेन्ट गरिएको थियो। सोही कुराले चर्को रुप लिएर पुलिसमा उजुरी परेको हो।
https://www.youtube.com/watch?v=qXZMA75caZY