काठमाडौं _ चर्चित निर्माता तथा निर्देशक छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलको खोजीमा प्रहरी अझै पनि लागि परेका छन्।
उनीहरु अझै फरार रहेका छन्। प्रहरीले बहुविवाहको उजुरीमा उनीहरुलाई खोजी गरिरहेको हो। केही महिना अगाडि छविकी पहिलो पत्नी हिमा ओझाले उनीहरु दुवै जनालाई बहुविवाहको उजुरी हालेकी थिइन्। त्यो भन्दा अगाडि शिल्पाले श्रीमान छविबाट आफू असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर प्रहरीमा उजुरी दिएकी थिइन्।
यही विवादको क्रममा हिमाले पनि छवि र शिल्पालाई सम्बन्ध विछोड नै नगरी विवाह गरेको भनेर बहुविवाहको उजुरी दिएकी हुन्।शिल्पाले भुमिगत रुपमा अभिनयको लागि चलचित्रहरु खोजी गरिरहेकी छिन्। छविको बारेमा भने कसैलाई केही अत्तोपत्तो छैन।
अभिनेत्री शिल्पा निर्माता छविको चौथो श्रीमती थिइन्। शिल्पा र छविले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए। उनीहरुले लामो समयसम्म आफ्नो विवाहलाई लुकाएता पनि गत वर्ष निर्माता ओझाले आफूहरुले विवाह गरिसकेको स्वीकारेका थिए। म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविले चलचित्र “लज्जा” मार्फत डेब्यू गराएका थिए।