बिराटनगर — विराटनगरको बैजनाथपुरमा ८० करोडको लागतमा १७ सय क्षमताको चार तल्ले सभाहल निर्माण हुने भएको छ।
अढाइ विघा क्षेत्रफलमा हेलिप्याडसहितको अत्याधुनिक सभाहल निर्माण हुने भएको हो। भवनामा १५ सय क्षमताको ठूलो एउटा सभाहल हुनेछ,। त्यसैगरी एकरएक सय क्षमताका दुई वटा सभाहल रहनेछन्। हेलिप्याटसहितको हुने सभाहलमा अन्डरग्राउण्डमा एकै पल्ट साढे २ सय कार पार्किङ्ग गर्न मिल्नेछ भने ५ सय बढी मोटरसाइकल पार्किङ्गको क्षमता रहनेछ।
शहरी विकास मन्त्रालयको लगानीमा निर्माण गरिने सभाहल डिजिटल प्रविधियुक्त सुविधा सम्पन्न हुने संघीय आयोजना कार्यान्वय इकाइ कार्लालय मोरङका सूचना अधिकारी राजु साहले जानकारी दिए।
‘सभाहल निर्माणका लागि बजेटको लागत, आयोजनाको डिजानिङ्गलगायतका आवश्य कार्य पूरा भइसकेको छ,’ सूचना अधिकारी साहले भने, ‘बहुवर्षीय योजनाको रुपमा स्वीकृत भए लगतै सभाहल निर्माणका लागि ठेक्का प्रकृया अगाडि बढ्नेछ।’ यही आर्थिक वर्षदेखि नै सभा हल निर्माणको कामले गति पाउने जानकारी दिए।
बिराटनगरमा रहेका वीरेन सभागृहमा हाल बिभिन्न संघसंस्थाका भेला, सभा, सम्मेलनलगायतका कार्यक्रमहरु हुने गरेका छन्। निकै पुरानो सभागहृ लामो समयदेखि पुनर्निर्माण नहुँदा सभागृहमा अन्तर्राष्ट्रिय कार्यक्रमहरु भने हुन सकेको छैन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निकास भएको ४ करोड रुपैयाँ विराटनगर महानगरपालिकाले सभाहलको मर्मत सम्भारमा खर्च गर्न नसक्दा रकम नै फ्रिज भएको थियो।