एजेन्सी– चर्चित बलिउड नायक कार्तिक आर्यनको क्रेज अहिले ह्वात्तै बढेको छ। उनले अभिनय गरिरहेका चलचित्रको सूची हेर्ने हो भने उनी लामो रेशको घोडा बन्ने बाटोमा लागेको देखिन्छ। उनले अभिनय गरेका सबै चलचित्र सबै हिट छन्। यतिमात्र होइन, अहिले चलचित्र मेकरको नजरमा उनी परेका छन्।
विशेषगरि, कार्तिक चलचित्रको सिक्वेल वा सिरिजमा पनि पहिलो नम्बरको रोजाइको नायक बनेका छन्। ‘दोस्ताना २, भूलभूलैया २’मा त उनले काम गर्ने पक्का भैसकेको छ।
यसैविच, अब उनले नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘हेरा फेरि’को तेश्रो सिरिजमा काम गर्ने भएका छन्। यो चलचित्रमा अघिल्लो सिरिजका मुख्य कलाकार सुनिल सेट्टी र पारेश रावल पक्का भैसकेका छन्। अब, नायक कार्तिक आर्यनले अक्षयले निर्वाहा गरेको भूमिकामा काम गर्नेछन्।
उनले अक्षयले काम गरेको ‘भूलभूलैया’ को दोश्रो सिरिजमा काम गरिरहेका छन्। बलिउडमा अक्षयको समय नमिलेर वा उनलाई लिन नसक्ने मेकरको नजरमा पनि कार्तिक पर्न थालेको चर्चा सुरु भएको छ।
कार्तिक अभिनित ‘आजकल, पति पत्नी और ओ’ रिलिजको तयारीमा छ।