एजेन्सी –बलिउड अभिनेत्री आलिया भट्ट र नायक रणवीर कपुरको बिहेको कार्ड छापेका छन्। उनीहरू बिहेको कार्ड को बारेमा पत्रकारहरूले गरेको एउटा प्रश्न सुनेर चकित खाएकी छन्। यो प्रश्न केही दिन यता सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको बिहेको निम्तो कार्डका बारेमा थियो।
पत्रकारहरूले ’के यो साँचो हो’ भनेर सोध्दा आलियाले हाँसेर मात्र टारेकी हिन्दुस्तान टाइम्सले लेखेको छ। उनले यो कार्डबारे केही टिप्पणी दिइनन्।
मुम्बई एअरपोर्टमा भेटिएकी आलिया आफ्नो उडानका लागि हतारिँदै थिइन्। त्यहीँ पत्रकारहरूले सोधेका थिए, ’हामीले २२ जनवरी, २०२० मा तपाईंको बिहे भन्ने सुनेका छौं, के यो सही खबर हो?’
हिन्दुस्तान टाइम्सका अनुसार उनी बेस्सरी हाँसेर केही नभनी हिँडेकी थिइन्। पत्रकारहरूले साह्रै सोध्न थालेपछि उनले अन्तिममा ’म के भनुँ? हैन’ मात्र भनेर हिँडिन्।
सामाजिक सञ्जालमा भाइरल भएको उनको बिहेको कार्ड आकर्षक देखिन्छ। यसमा आलिया र उनका प्रेमी अभिनेता रणवीर कपुरको बिहे आगामी जनवरी २२ मा हुने लेखिएको छ।
यो कार्ड नक्कली हो भन्नेमा कुनै शंका नरहेको हिन्दुस्तान टाइम्सले लेखेको छ। कार्डमा आलिको नामको हिज्जे गलत छ र आलियाका बुबाको नाम पनि महेश भट्टको साटो मुकेश लेखिएको छ। मुकेश आलियाका काका हुन्।
केही समयअघि आलियालाई करण जोहरले पनि बिहेबारे सोधेका थिए। जियो मामी फिल्म फेस्टिभलको कार्यक्रममा करणले आलियालाई सोधेका थिए, ’करिना कपुर तिम्री आमाजू हुन्छिन् भन्ने कहिल्यै सोचेकी थियौ?’
आलियाले केही भन्नुअघि नै रणवीरकी बडाबाकी छोरी करिनाले ’म संसारकै खुसी महिला हुनेछु’ भनेकी थिइन्। करिनापछि आलियाले पनि ’साँच्चै भन्दा मैले यसबारे कहिल्यै कल्पना गरेकी थिइनँ। अहिले पनि किन सोच्नुपर्यो र। जब हुन्छौं, भइहाल्छौं’ भनेकी थिइन्।
आलिया र रणवीर कपुर पछिल्लो एक वर्षयता प्रेममा छन्। उनीहरूको बिहेबारे बेला बेला चर्चा चलिनैरहन्छ। यो जोडी आयान मुखर्जीको ’बह्मास्त्र’मा देखिँदैछन् जसमा अमिताभ बच्चन पनि मुख्य भूमिकामा रहेका छन्।