एजेन्सी– बलिउड सुपरस्टार अजय देवगन र सैफअली खान एकपटक फेरि एकसाथ पर्दामा देखिँदैछन्। फिल्म ‘तानाजी द अनसंग ओरियर’मा यी दुबै एकसाथ देखिने भएका हुन्।
भर्खरै मात्र फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको पोस्टरमा अजयदेवगन निकै डरलाग्दो लुक्समा देखिएका छन्।
अभिनेता अजय देवगनले फिल्मको फस्टलुक आफ्नो इन्स्टाग्रामबाट पनि शेयर गरेका छन्। फस्टलुकमा अजय मराठा योद्धाको रुपमा देखिएका छन्। जसलाई दर्शकले निकै मन पराएका छन्। सामाजिक संजालमा उनको पोस्टर भाइरल भइरहेको छ। बलिउडका स्टारले समेत पोस्टरको तारिफ गरेका छन्।
सार्वजनिक पोष्टरमा सैफअली खानको लुक पनि बाहिरिएको छ। ओम राउतको निर्देशन रहेको फिल्ममा अजयको अलवा काजोल र सैफअली खान पनि मुख्य भूमिकामा छन्।
फिल्ममा अजयदेवगन मराठा ओरियर तानाजी मालुसरेको भूमिकामा छन्। सैफको भूमिका राजपुत लडाकु जयसिंह राठौरको रहेको छ। फिल्म योद्धाहरु बीच भएको लडाईँमा आधारित छ।
अजयदेवगन फिल्मस् र टी सिरिज प्रोडक्सनको निर्माण बन्न लागेको फिल्मको रिलिज मिति १० जनवरी २०२० का लागि तय भएको छ।