काठमाडौं– नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ यतिबेला सुटुक्कै यूकेमा मस्ती गरिरहेका छन्। यूकेमा उनीहरु दशैं अगाडि नै पुगेका हुन्। उनीहरुले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ। तर, उनीहरु चलचित्रको प्रचारमा भने खासै देखिएनन्।
सौगात र श्रृष्टी चलचित्रको रिलिजको अगाडि किन यूके पुगे होलान्? लिभिङ टूगेदरमा रहेका यी दुई छिट्टै बिबाह गर्ने योजनामा छन्। यसैका लागि श्रृष्टीको मातापितासँग कुरा गर्न सौगात यूके पुगेका हुन्।