काठमाडौं– चर्चित हास्य कलाकार समाज सेवी सिताराम कट्टेल ‘धुर्मुस’ तथा कुञ्जना घिमिरे ‘सुन्तली’ को डेब्यू निर्माण ’सेन्टी भाइरस’ को छायाँकन सकिएको छ।
रामबाबु गुरूङ निर्दे्शित सिनेमाको छायांकन १ महिनामा सकिएको हो। सिनेमाको समाविष्ट एक गीतको छायांकन भने केही समयपछि गर्ने भएको छ।
सिनेमामा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, ‘हैट’,कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका अभिनय छ।
रुपाकोट र पोखरामा छायांकन भएको सिनेमा सामाजिक विषयमा केन्द्रित रहेको छ। सिनेमालाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन्।