काठमाडाैं _ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताएका छन्।
मदन भण्डारी अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणः एक परिचर्चा’ विषयको कार्यक्रममा उनले भ्रमणले नेपाल र चीनबीच सम्बन्ध स्थापना गर्न कोशेढुङ्गा सावित भएको धारणा राखे। उनले चीनका राष्ट्रपति सीको भ्रमणबाट कुनै देश आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै भ्रमणले नेपालको अन्तर्रा्ष्ट्रिय उचाइसमेत बढाएको भनाइ राखे।
“कोदारी राजमार्ग बन्दा पहिले कम्युनिष्ट मात्र त्यही बाटोबाट आउँछ भन्ने गरिएको थियो”, उनले भने, “त्यो बाटोमा विचार कुनै गाडीमा चढेर आउने होइन भन्ने बुझिएको थिएन। भ्रमणले नेपालको अन्तर्रा्ष्ट्रिय क्षेत्रमा उचाइ बढेको छ।” उनले रेल, पूर्वाधार जस्ता भौतिक लाभमात्र नभई सीमा व्यवस्थापनसम्बन्धी सहमति गरेर राष्ट्रपति सीले नेपालको चाहनालाई सकारात्मक रुपमा बुझेको बताए।
“सीको भ्रमणलाई भौतिक लाभसँग मात्रै जोडेर हेर्न हुँदैन”, उनले भने, “अब नेपालले शान्ति, स्थायित्व, आर्थिक विकास र समृद्धिलाई ख्यालमा राखेर हाम्रा कदम चाल्नु पर्दछ।’’ उनले चिनियाँ कम्युनिष्ट पार्टी जस्तै नेकपाले पनि जनताको मन जितेर काम गर्नुपर्ने बताए। नेता नेपालले चीनसँगको सम्बन्धमा अहिलेसम्म कुनै समस्या भोग्नु नपरेको समेत बताए।
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य धनश्याम भुसालले चीनका राष्ट्रपतिको भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक मोडमा प्रवेश गरेको बताए। “यो भ्रमणले ठूलो उपलब्धि हासिल भएको छ”, उनले भने, “भ्रमणमा भएका सहमति र सहकार्यले मुलुकले कोल्टे र्फेनेछ।”
नेपाल पहिले पनि भूजडित मुलुक रहेको उल्लेख गर्दै उनले पुनः चीनका राष्ट्रपतिले भूजडित मुलुक बनाउन सहयोग गरेको समेत बताए। “नेपाल भूपरिवेष्टित राष्ट्र होइन। पहिले पनि भूजडित रहेको थियो”, उनले भने, “आजफेरि राष्ट्रपति सीको भ्रमणले नेपाल भूजडित राष्ट्र भएको छ।”
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सीको भ्रमणले नेपालले ऐतिहासिक अवसर प्राप्त गरेर अगाडि बढ्ने बताए। भ्रमणले नेपाल र चीनबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै गएको उल्लेख गर्दै उहाँले दुई देश बीचको आर्थिक, सामाजिक विकास, पूर्वाधार विकासमा साझेदारीको सम्भावना बढाएको बताए।
सीको भ्रमणले चीनको लगानीको सम्भावना बढेको उल्लेख गर्दै उनले भ्रमणले अन्तर्रा्ष्ट्रिय मञ्चको समेत ध्यानाकर्षण गरेको र नेपालको अन्तराष्ट्रिय जगत्मा महत्व बढाएको बताए। उनले छिमेकीले देखाएको सहकार्य र सद्भावबाट राजनीतिक र कूटनीतिक सम्बन्धलाई विकासे साझेदारीको रुपमा लैजानुपर्ने बताए।
कार्यक्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले चीनका राष्ट्रपति सीको भ्रमणले नेपालको अन्तराष्ट्रिय छविलाई माथि उठाएको बताए। उनले चीनसँगको सम्बन्ध सामान्य कूटनीतिक सम्बन्धमात्र नभएर रणनीतिक सम्बन्धमा उक्लिएको बताए।
“नेपाल भ्रमण–२०२० आउँदै गरेको अवस्थामा उनको भ्रमणले चिनियाँ पर्यटक नेपाल भित्रयाउन ठूलो सहयोग मिल्ने छ”, उनले भने, “चीनका अधिकांश मानिस बौद्ध धर्म मान्दछन्। भ्रमणमा धेरै चिनियाँ नेपालमा रहेको गौतम बुद्ध हेर्नका लागि पनि चिनियाँ पर्यटक आउनेछन्। त्यसैले भ्रमणको संस्थागत प्रवद्र्धन चीनबाट समेत हुनेछ।”(रासस)