एजेन्सी– भारतको महाराष्ट्रको हिंगोली जिल्लामा आइतबार समयमा एम्बुलेन्स नपाउँदा २५ वर्षकी मराठी अभिनेत्री पूजा झुंजर र उनका नवजात शिशुको मृत्युु भएको छ।
भारतीय प्रहरीर्ला उनको परिवारले बताएअनुसार समयमा नै एम्बुलेन्स मिलेको भए पूजाको ज्यान बच्न सक्थ्यो।
पूजा रातको दुई बजेदेखि प्रसवपीडामा थिइन्। उनलाई त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँ उनको नवजात शिशुको मृत्यु भयो। ४० किलोमिटर टाढा रहेको अस्पताल जान एम्बुलेन्स बोलाउँदा समयमा नआएको पूजाको परिवारले जनाएको छ।
पूजाले मराठी फिल्ममा काम गरेकी थिइन् । दुई फिल्ममा काम गर्दा उनले राम्रो रेस्पोन्स पनि पाएकी थिइन्। त्यसपछि गर्भवती भएका कारण उनले फिल्मबाट केही समयमा लागि ब्रेक लिएकी थिइन्।