काठमाडौं – नेपाली फिल्म अवार्ड विदेशमा हुने प्रचलन बढ्दो छ। मंगलबार जापानको टोक्योमा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’का उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिएको छ।
राजधानी स्थित एपीएफको मुख्यालय हलचोकको हलमा उत्कृष्ट ३ को मनोनयन समेत सार्वजनिक गरिएको हो। गत वर्षबाट सुरू भएको यस अवार्डमा नेपाली सिनेमा, संगीत तथा कला पत्राकारितालाई सम्मानित गरिने गरिन्छ।
‘अवार्ड मार्फत थोरै भएपनि नेपाली फिल्मलाई टेवा पुगोस् भन्ने उदेश्यका साथ् यसको सुरुवात गरेको हुँ’ बासुदेवले भने ‘यसपटक हामी नेपाली फिल्मकर्मीको साथमा स्थानीय सरोकारवालासंग अन्तरक्रिया पनि गर्दैछौ । यसले नेपाल सरकारको नेपाल भिजिट २०२० लाई पनि सहयोग पुग्छ भन्ने विश्वाश छ।’
फिल्म र म्युजिक विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए। कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा हुने जानकारी गराइएको छ। यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ। अवार्ड अगाडी जापानमा साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ।
जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट, फिल्म र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन्। नेपाली फिल्मीक्षेत्रलाई नै फाइदा पुर्याउने उदेश्यले अवार्ड आयोजना गर्न लगिएको हो। पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन्।
अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान , एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ। दर्ता आव्हान गरिएको मिती सम्ममा दर्ता भएका फिल्म मध्येबाट टप ३ लाई छनौट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको हो। अवार्ड समारोहमा क्रिटिक्सको नजरमा उत्कृष्ट भएका निर्देशक , अभिनेता र अभिनेत्रीलाई पनि अवार्ड प्रदान गरिनेछ।
मनाेनित भइसकेका फिल्महरू
प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन
छक्का पञ्जा – आमा सरस्वति मुभिज
ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट