जनकपुर — जनकपुरमा आज बिहान एक जना व्यापारीको गोली हानी हत्या भएको छ ।
आज बिहान १०ः३० बजे सो घटना भएको हो। जनकपुरको सपहीमा पेट्रोल पम्प सञ्चालन गरिरहेका मनोज साहलाई स्थानीय पंकज चौधरीले गोली हानेको जानकारि दिइएको छ।
साह चौधरीकोमा पैसा माग्न गएकोमा चौधरीले आफ्नै घरमा उनलाई गोली हानेको प्रहरीले जनाएको छ। गोली लाग्नासाथै ४१ वर्षिय साहलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लग्दै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चौधरीलाई अनुसन्धानको लागि पक्राउ गरेको छ ।