काठमाडौं – नेपाल आईडल सिजन ३’ को काठमाडौं अडिसन शुरू भएकाे छ।
आज काठमाडौं अडिसनमा बिहानीको झिसमिसे सँगै सहभागी हुन आउनेहरुको उत्साहजनक भिड लागेको छ। काठमाडौं मिनभवन स्थित आज हुन गइरहेको अडिसनमा अहिलेसम्मकै धेरै संगीतप्रेमी युवा युवतीहरुको सहभागी हुने देखिएको छ।
एपि वान टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडल पहिलो सिजनको बिजेता बुद्ध लामा बनेका थिए’ भने, दोस्रो सिजनको उपाधी रवि ओडले जितेका हुन्।