एजेन्सी– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ। मंगलबार राति सम्पन्न खेलमा रियलले गालाटासारेलाई १–० गोलले हराएको हो।
पाहुना टोली रिययलाई जिताउन मिडफिल्डर टोनी क्रुसले एकमात्र निर्णायक गोल गरेका थिए। प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा दुबै टोलीले पटकपटक गोलको अवसर पाएपनि गोल गर्न असफल भएका थिए।
खेलको १८ औं मिनेटमा टोनी क्रुसले रियलका लागि गोल गरेका थिए। टोनीले उक्त गोल इडेन हजार्डको पासमा गरेका हुन्। पहिलो हाफको उक्त गोल नै रियलको जितका लागि पर्याप्त बन्यो।
पहिलोे हाफमा १–० ले पछि परेको गालाटासारेले खेलमा फर्कने प्रयास गरेतापनि सफल भएन। यस जितसँगै रियाल ३ खेलबाट ४ अंक जोडेर समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लिएको छ। पराजित गालाटासारे भने १ अंक जोडेर पुछारमा छ।