एजेन्सी– आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नामेबियाले जित निकालेको छ। बुधबार भएको खेलमा नामेबियाले बर्मुडालाई ६ विकेटले हराएको हो।
बर्मुडाले दिएको १ सय ७ रनको विजयी लक्ष्य नामेबियाले १३.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। नामेबियाको जितमा निकोलस डभिनले आक्रामक ब्याटिङ गरे। उनले मात्र १२ बलमा ४ छक्का र २ चौकाको मद्धतमा ३७ रन बनाए। अर्का ब्याट्सम्यान स्टेफन बार्डले २३ बलमा ३७ रन, कप्तान गेहार्ड इरामसले १९ रनको योगदान दिए। बर्मुडाको बलिङतर्फ कमाउ लेभेरकले ३ विकेट लिए। उनले ४ ओभरमा १९ रन खर्चिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बर्मुडाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो। बर्मुडाको लागि ओकेरा बस्कमले सर्वाधिक ३७ रनको योगदान सदए। उनले ३१ बलको सामना गर्दै २ चौका र २ छक्का प्रहार गरेका थिए। अर्का ब्याट्सम्यान डरिक ब्र्याङ्मनले २१ बलमा २३ रन तथा टेरिन फ्रेले १२ बलमा १६ रन बनाएका थिए।
नामेबियाको बलिङमा बर्नाड स्क्चोल्टजले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ४ ओभरमा १७ रन दिँदै ३ विकेट हात पारे। अर्का बलर क्रिस्टी भिल्जोइनले २ तथा जेजे स्मिथले समान २–२ विकेल लिए। यो नामेबियाकाे प्रतियोगितामा दोस्रो जित हो।