काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी सफल र सुन्दरी मानिने नायिका निरुता सिंह अहिले फेरि गायब छन्।
लामो समय नेपाली चलचित्रबाट टाढा रहेकी निरुता अभिनित चलचित्र ‘ दाल भात तरकारी’ बक्स अफिसमा हिट भयो। ताकि आधा बर्ष वितिसक्दा सफल ४ नेपाली चलचित्र मध्येको यो सफल चलचित्र हो।
वैशाखदेखि असोजसम्म आइपुग्दा ४ वटा चलचित्रका निर्माता बक्स अफिसमा सुरक्षित देखिएका छन्। चलचित्र बक्स अफिसमा हिट हुँदा यसको फाइदा कलाकारमा पर्छ। तर, कलाकारले दबाब समेत महशुस गर्छन्।
वैशाखमा रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’ बक्स अफिसमा लगानी उठाउन सफल भयो। ‘मह’ टिमले निर्माण गरेको यो चलचित्रमा नायिका निरुता सिंह हरिवंश आचार्यको जोडीको रुपमा छिन्। लामो समय पछि चलचित्रमा फर्केकी निरुतालाई दर्शकले निकै रुचाए। दर्शकहरुको आशा थियो कि निरुता अब पहिलेको जस्तो निरन्तर चलचित्रमा देखिन्छिन्।
तर उनले यो फिल्म पछि चलचित्र क्याप्टेनको कर्ली–कर्ली कपाल मा देखिएर अहिले उनी मुम्बैतिर बस्दै आएकी छिन्। केही अन्तर्वार्तामा उनले अब खेल्ने सिनेमाले निरुतालाई पहिलेको भन्दा अझ उचाईमा लिन सकोस्। कथाबस्तु पारिश्रमिक समयको अनुकुलता सबै मिलेपछि मात्र काम गर्ने बताएकी छिन्।
एउटा सिनेमा हिट भएपछि आफुलाई सुपरस्टार ठान्ने कलाकारहरु धेरै छन्, उनी सिनेमा हिट भएपनि आफूले काम गर्ने सिनेमा भनेजस्तो नभए काम नगर्ने भन्दै उनलाई आएका केही अफरलाई अस्वीकार गर्दै मुम्बई तिर लागेकी हुन्। अब अर्को सिनेमामा कहिले देख्न पाउने भन्ने प्रश्नको जवाफमा उनले सबै कुरा मिले छिट्टै मात्र भनेर टारेकी छिन्।
https://www.youtube.com/watch?v=hvvBJWYAHJs&feature=youtu.be&fbclid=IwAR37-mVGTcjZqSwBFFwJyPDIKY5dk9gM300vs0FioD9AtzyKZpEfq6w1c5g