एजेन्सी– विश्वकप छनोट क्रिकेट प्रतियोगितामा ओमानले शानदार जित निकालेको छ। बुधबार सम्पन्न खेलमा ओमानले नाईजेरियालाई ७ विकेटले पराजित गरेको हो।
नाइजेरियाले दिएको ७२ रनको सामान्य विजयी लक्ष्य ओमानले ७ ओभरमा नै ३ विकेट गुमाउँदै भेट्टायो। ओमानको जितमा जतिन्दर सिंहले विष्फोटक ब्याटिङ गरे। उनले २२ बलमा ९ चौका र १ छक्काको मद्धतमा ४८ रन बनाए। अर्का ब्याट्सम्यान खवर अलीले १० बलमा १३ रनको योगदान दिए।
नाईजेरियाको बलिङमा इशाक ओक्पे, सेल्भेस्तर ओप्ने र सुलाइमोन रुन्सेवेले समान १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको नाईजेरियाले १९.५ ओभरमा अलआउट हुँदै ७१ रनको सामान्य योगफल तयार गरेको थियो। नाईजेरियाको पारीमा डेनियल अजेकुनले सर्वाधिक १६ रन बनाए।
त्यस्तै सुलइमोन रुन्सेवेले १४, इशाक ओप्केले १२ रन बनाए। नामेबियाको बलिङमा आमिर कलिमले शानदार प्रदर्शन गरे। उनले ४ ओभरमा १४ रन दिँदै ४ विकट हात पारे। अर्का बलर बिलाल खानले ३.५ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए।