पोखरा – साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रजनी लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८ भदौमा साझा पार्टीमा प्रवेश गरेकी थिइन् । त्यसबेला नै उनले टिकट पाउने अनुमान थियो।
उनले वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासन पदबाट राजीनामा समेत दिएकी थिइन।् उपचुनाव जनमत संग्रह
उपचुनाव हुने अरु क्षेत्रका उम्मेदवारहरु भने क्रमशः चयन गरिने साझा पार्टीले बताएको छ। साझा पार्टीले यो उपचुनावलाई जनमत सग्रह भनेको छ।
‘यो उपचुनाव सत्ता र विपक्षमा रहेका दुबै दलले आम जनतालाई गरेको विश्वासघातमाथिको जनमत संग्रह हो’ उसले भनेको छ, ‘हरेक चुनाव क्षेत्रका मतदातामा सम्पूर्ण नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्दै मतदान गर्नुपर्ने गहन जिम्मेवारी थपिएको छ।’
राजनीतिक वेथितीप्रति जनताको प्रतिक्रिया र आक्रोशलाई समाधानमुखी सिर्जनात्मक शक्तिमा बदल्न आफू भरपर्दो विकल्प भएको समेत साझा पार्टीको दाबी छ।