काठमाडौं– हिन्दुहरुको महान चाड तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ सार्वजनिक भएको छ। प्रभावन जेको शब्द, संगीत रहेको गीतमा उनको अलवा सरोज लामिछाने र सपना गुरुङले स्वर दिएका छन्।
भिडियोमा रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल र विवेक चौलागाईको अभिनय रहेकाे छ।
प्रभावन जे स्वयंको निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन्। गीतले तिहारको मर्म र भावलाई बोलेको छ। सरिता लामिछानेको सशक्त अभिनयका कारण गीतको भिडियो निकै रुचाईएको छ।
https://www.youtube.com/watch?v=i8EyAXIj8Vc