काठमाडौं — काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरमा एक निजी विद्यालयको छानो भत्किँदा ३९ जना विद्यार्थी घाइते भएका छन्।
जितपुरमा रहेको विद्याकुञ्ज इंग्लिश सेकेन्डरी बोर्डिङ स्कुलको छानो भत्किँदा कक्षा कोठाभित्र रहेका विद्यार्थी घाइते भएका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार घाइते सबैको उद्धार गरेर मेडिसिटी अस्पताल लगिएको छ।
सबै घाइतेको अवस्था सामान्य रहेको एसएसपी सुवेदीले बताए। विद्यालयको ट्रसको छानो कमजोर भएकाले खसेको हुनसक्ने अनुमान प्रहरीको छ।