काठमाडौं – चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको तिहार गीत ‘देउसीरे खेलम’ भर्खर मात्र सार्वजानिक भएको छ।
दशैं तिहार, तिजमा विशेषतः पशुपति शर्माले निकै मेहनत गरेर गीतहरु सार्वजानिक गर्दै आएका छन्। तिहारमा देउसी पुकार्दै छमछमी नाँच्न मिल्ने यो गीत निकै राम्रो बनेको छ। गीतमा पशुपति शर्माको लय तथा शब्द रहेकाे छ भने विनोद बाजुरेलीको संगीत संयोजन रहेकाे छ।
मालश्री रेर्किडङ् स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा पशुपति शर्मा र चर्चित गायिका टिका पुनको आवाज रहेको छ। गीतमा नायिक करिश्मा ढकाल र पशुपति शर्माको निकै रमाईलो नृत्य देख्न सकिन्छ।
गीतको भिडियो निर्देशन मौशम हिमालीले गरेका छन्। छोटो समयमा गीत निकै रुचाईको छ। आशिष म्यूजिक प्रा.लि. को यूटूव च्यानलबाट बजारमा आएकाे छ।
https://youtu.be/tn0iSPmSdVw?t=243