एजेन्सी– स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा बुधबार राति तेस्रो खेल खेल्दैछ। स्लेभिया प्रहाविरुद्धकाे सो खेल नेपाली समयअनुसार राति १२ः४५ बजे शुरु हुनेछ। खेल स्लेभियाकाे मैदानमा हुनेछ।
लिगको समुह एफ रहेको बार्सिलोनाको यो तेस्रो खेल खेल हो। यसअघिको पहिलो खेलमा बार्सिलोनाले बोरुसिया डर्टमन्डसँग गोलरिहत बराबरी खेलेको थियो भने दोस्र खेलमा इन्टर मिलानलाई २–१ गोलले पराजित गरेको थियो। बार्सिलोनाले ४ अंकको साथ समुहमा दोस्रो स्थानमा छ।
त्यस्तै समुहमा २ खेल खेलेको स्लेभिया १ खेलमा हार तथा १ मा बराबरी गर्दै अंक तालिकाको तेस्रो स्थानमा छ। स्लेभिया खेलमा पहिलो जितको खोजिमा हुनेछ भने बार्सिलोना दोस्रो जितको खोजिमा हुनेछ।
बुधबारको खेलमा बार्सिलोनाका शुरुवाती रोजाइका खेलाडीहरु मैदान उत्रने तयारीमा छन्। गत सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलसँग बिर्सनलायक प्रदर्शन गरेको बार्सिलोना जारी सिजनमा एन्टोनी ग्रिजम्यान तथा फ्रेङ्की डि जोङलाई टीममा अनुबन्ध गरि उपाधि चुम्ने दाउमा छ।
ला लिगामा इबारविरुद्ध सनशनीपूर्ण प्रदर्शन गरेको बार्सिलोना त्यही लयलाई निरन्तरता दिनेमा विश्वस्त छ।