काठमाडौं– प्रकाश सपुतकाे तिहार गीत ‘टिकामाला’ सार्वजानिक भएकाे छ। गीत संगीतमाआफ्नो छुट्टै पहिचान बनाउन सफल गायक,मोडल र सफल सर्जक सपुतको अभिनयमा रहेको ‘टिकामाला’ अहिले चर्चाकाे शिखरमा छ।
रमेश बि.जी.को शब्द बि.बि. अनुरागीको लय र संगीत संयोजन रहेको उक्त गीतमा रामकृष्ण ढकालको आवाज रहेको छ। गीतको भिडियो निर्देशन शंकर वि.सी.ले गरेका छन्। भिडियोमा प्रकाश सपुत ड्रग्स एडिक भाईको भूमिकामा देखिएका छन् भने सरिता लामिछाने दिदीको भूमिकामा देखिएकी छन्।
कुनैपनि मानिस विग्रनुमा त्यसको पछाडि विभिन्न कारणहरु हुन सक्छन् भन्ने भावलाई मार्मिक रुपले प्रस्तुत गरिएको छ। दिदीले त नसुर्धेसम्म म टिका लगाउन तिहारमा कहिले पनि आउँदिन भन्दा भाईले सानोमा बुवा आमाले छोड्नु भो, त्यससपछि हजुरले बिहे गरेर जानुभयो, श्रीमती बिहे गरे उसले पनि धोका दिएर गएको कारण आफु कुलतमा लागेको भनेर प्रकाश सपुतले निकै कारुणिक र पिंडादायी शैलीमा आफ्नो बाध्यता व्यक्त गरेका छन्।
न गलामा फूलको माला न निधारमा टिका,
यसपाली नि झर्ने भो दिदी बरबर आँशु ढिका
गीतकार रमेश बि.जी.का यी मर्मस्पर्शी शब्दले सबैको मन छोएका छन्। समग्रमा गीत राम्रो बनेको छ। बिन्धावासिनी म्यूजिक प्रा.लिंको यूटूव च्यानलबाट बजारमा आएको छ।
https://youtu.be/2TxS-6Z57A4