भक्तपुर– काठमाण्डौं उपत्यकाभित्र सर्वसाधरणले पिउने पानीमा शुद्धता छैन। कतिपय कम्पनीले पानी शुद्धिकरण गरेर बिक्रिवितरण गरेपनि बेलाबेला त्यस्ता पानीमा फोहोर भेटिने गरेको पाइन्छ।
कहिलेकाँही हुने बजार अनुगमनबाट पानीको अशुद्धताका बारेमा जानकारी पाइने गरिन्छ। यस्तै बजार अनुगमनको क्रममा भक्तपुरमा पानीको बोत्तलभित्र हरियो लेदो भेटिएको छ। बुधबार चाँगुनारायण नगरपालिकाले वडा नम्बर २, दुवाकोटमा गरेको अनुगमनको क्रममा कृस्टल नामको पानीको बोत्तलमा लेदो रहेको पाइएको छ।
स्रोतका अनुसार दुवाकोटको बस्ताकोटी मोडमा रहेको सुगम बेकरी एन्ड डेरीले बिक्रीका लागि राखिएको ८ बोत्तलको पानी पहेँलो र पिधमा लेदो देखिएको नगरपालिकाकि उपप्रमुख बिना बास्तोलाले बताएकी छिन्।
पानीमा फोहोर भटिएपछि अनुगमन टोलीले उक्त ब्रान्डको पानी पिउनुको लागि नपिउन आग्रह गरेको छ भने पानीका बोत्तलहरू जफत गरेको छ।