काठमाडौं– संयुक्त राज्य अमेरीकाले नेपालमा चिनिँया प्रभाव बढेको प्रतिक्रिया दिएको छ। अमेरिकी विदेश सहायकमन्त्री एलिस जी वेल्सको बुधबार लिखित वक्तव्यमा यस्तो उल्लेख गरिएको बताइएको छ।
उनले त्यहाँको संसदीय उपसमितिमा दिएको लिखित वक्तव्यमा नेपालमा चीनको प्रभाव बढेकै कारण तिब्बती समुदायमाथि रोकावट भइरहेको जानकारी गरेाएकी हुन्। चिनका राष्ट्रपति सी जिनपिङ नेपालको राजकीय भ्रमणलाई लक्ष्यित गर्दै अमेरिकाले नेपालमा चीनको प्रभाव बढ्दै गएको बताएको हो।
केहि समयअघि पनि अमेरिकी विदेश सहायकमन्त्रीले नेपालमा चीनको गतिबिधि र प्रभाव बढेको टिप्पणी गरेका थिए। त्यस लगत्तै नेपालका लागि चिनियाँ राजदूतले अमेरिकी टिप्पणीको नेपाल–चीन सम्बन्धमा कुनै टिप्पणी नगर्न भनेका थिए।
त्यस्तै अमेरिकाले नेपालमा धार्मिक अल्पसंख्यक समूह जोखिममा परेको बताएको छ। धार्मिक स्वतन्त्रतामाथि व्यवहारिक चुनौति रहेको भन्दैे नेपालको संविधानले फौजदारी संहितामार्फत दबाबमा धर्म परिवर्तनलाई बन्देज लगाएको कारण धार्मिक अल्पसंख्यक समूह जोखिममा परेको उसको दाबी छ।