एजेन्सी– टी–२० विश्वकप छनोटमा केन्याले जित निकालेको छ। बुधबार भएको खेलमा केन्याले सिंगापुरलाई ७ विकेटले पराजित गरेको हो।
सिंगापुरले दिएको १ सय ५८ रनको विजयी लक्ष्य केन्याले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पुरा ग¥यो। केन्याको लागि इर्फान करिमले विष्फोटक ब्याटिङ गरे। उनले ५० बलमा ८ चौकाको मद्धतमा नटआउट ७१ रन बनाए। अर्का ब्याट्सम्यान अमान गान्धीले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रनको अर्भशतकीय पारी खेले।
सिंगापुरको बलिङमा अम्जद महबुबले २ विकेट लिए। उनले सो क्रममा ४ ओभरमा ३० रन दिएका थिए। पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो। सिंगापुरको पारीमा सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४० रनको योगदान दिए। उनले ३० बलमा ४ चौका र २ छक्का हानेका थिए। अर्का ब्याट्सम्यान अरित्रा दत्तले ३घ तथा टिम डेभिडले २९ रन बनाएका थिए।
केन्याको बलिङमा लुकास ओलुओचले ४ ओभरमा २२ रन दिँदै ३ विकेट हात पारे। अर्का बलर इलिजह ओटिनोले ४ ओभरमा २९ रन खर्चिएर ३ विकेल लिए।