एजेन्सी – सुपरस्टार सलमान खानको फिल्म ‘दबगं–३’ को ट्रेलर रिलिज भएको छ। यो फिल्मको ट्रेलरलाई लिएर मानिसहरुमा धेरै उत्सुकता थियो र ट्रेलर आउनेबित्तिकै भाइरल भइरहेको छ।
यो फिल्ममा सलमान दबगं अवतारमा देखिनेछन्। ट्रेलरको पहिलो सिनदेखी नै एक्सन शुरु हुन्छ र अन्त्यसम्म त्यो चलिरहन्छ। ट्रेलरमा सोनाक्षी सिन्हा पनि रज्जोको रुपमा देखिन्छीन्। त्यस्तै ट्रेलरमा सई मांजरेकर पनि देखिन्छीन्। उनी सोनाक्षी सिन्हाकै हुलियामा देखिएकी छन्।
यो ट्रेलरलाई लाखौँ मानिसहरुले लाईभ हेरेका थिए। फिल्मा सलमानलाई युवा रुप दिन खोजीएको छ। यो फिल्मा दक्षिण भारतिय अभिनेता सुदीपको पनि मुख्य भुमिका छ। फिल्म २० डिसेम्बरमा रिलिज हुँदैछ।
https://www.youtube.com/watch?v=-AJ7cLi1Jfk