काठमाडौं _ नेपाल–बंगलादेशका चार सरकारी निकायबीच सहकार्यको सहमति भएको छ।
नेपाल र बंगलादेशको सहसचिवस्तरीय चौंथो प्राविधिक समितिकाणे बुधबार सम्पन्न बैठकमा यस्तो सहमति भएको हो। सहमतिअनुसार नेपालको खाद्य प्रविधि, कृषि तथा वनस्पती क्वारेन्टाईन, साल्ट ट्रेडिङ्ग र खाद्य व्यापार कम्पनी तथा बंगलादेशका सोहीस्तरका कम्पनीबीच सहकार्यका लागि एमओयू गरिने भएको छ।
नेपालमा उत्पादित धागो, अलैँची, अदुवा र अम्रिसो जस्ता कृषिजन्य उत्पादन भन्सार झमेलाबिना बंगलादेश निर्यात, चिकित्सा शिक्षा अध्ययनका लागि गएका बिद्यार्थीका समस्या समाधानका लागि नेपाली पक्षाले बंगलादेशी पक्षलाई आग्रह गरेको थियो।
दुई देशबीच स्थल, जल र हवाई मार्ग मार्फत पारवहन कनेक्टीभिटी बिस्तार गर्न छलफल भए पनि कुनै सहमति भने नबनेको नेपाली पक्षबाट वार्ताको नेतृत्व गरेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए।
बैठकमा भन्सार शुल्कका झन्झट, लगानी प्रवद्र्धन तथा संरक्षणका विषयमा छलफल भए पनि सहमति भने बन्न सकेन। नेपाली पक्षले उठाएको मागमा सन्दर्भमा बंगलादेशी पक्ष सकारात्मक बनेको सहसचिव ढकालले बताए।