काठमाडौं _ पछिल्लो दुई महिना अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिना अवधि अर्थात् भदौसम्मको तथ्यांकले सूचक केही सकारात्क बन्दै गएको देखाएको हो।
यस अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ। कुल विदेशी विनिमय सञ्चिति १०७८ अर्ब ९४ करोड कायम भएको छ।
बैंकिङ कारोबारमा आधारित संघीय सरकारको खर्च ४३ अर्ब १२ करोड र राजस्व परिचालन १४१ अर्ब ५१ करोड भएको छ।आर्थिक वर्ष २०७६र७७ को दुई महिनामा कुल वस्तु निर्यात २५.९ प्रतिशतले वृद्धि भइ १८ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ प्रतिशतले वृद्धि भएकोे थियो।
यस अवधिमा कुल वस्तु आयात १.२ प्रतिशतले घटेर २२९ अर्ब ५० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.५ प्रतिशतले बढेको थियो। वाार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ६.१६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा मूल्यवृद्धि जम्मा ३.८६ प्रतिशत रहेको थियो।