काठमाडौँ, १२ माघ – चलचित्र ‘प्रसाद’को बिहीबार च्यारिटी शो गरिएको छ। नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर बिग मुभिजमा यसको च्यारिटी शो गरिएको थियाे।
निःसन्तान दम्पतीको कथामा आधारित चलचित्र ‘प्रसाद’ले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाएकोे छ। सङ्कलित रकम संघको कोषमा राखिने र सो रकम कलाकारकै हकहितका निम्ति प्रयोग गरिने संघले जनाएकाे छ। चलचित्र हेरेपछि अधिकांशले चलचित्रको कथावस्तु, निर्देशकीय पक्षका साथै कलाकारको भूमिकालाई निकै प्रशंसा गरेका थिए। कलाकार तथा शोमा उपस्थित सम्पूर्णले चलचित्र प्रतिको सकारात्मक प्रतिक्रियाबाट आफू निकै हर्षित भएको निर्देशक दिनेश राउतले बताए।
उक्त शोमा निर्देशक दिनेश राउत, लेखक सुशील पौडेल, निर्माता सुवास थापा तथा कलाकारहरू शिव श्रेष्ठ, रेजिना उप्रेती, कृष्ण मल्ल, पवित्रा आचार्य, खुश्बु खड्का, सुनिल कटवाल, चेतबहादुर सिंह, बसुन्धरा भुसाल, गजित विष्ट लगायतको उपस्थिति थियो।
यस चलचित्रमा नम्रता श्रेष्ठ, विपीन कार्की र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ।
