काठमाडौं – नेपाली गीत संगीतमा अश्लिलता फैलाउने हरुमाथि दिन प्रतिदिन पुलिसमा उजुरी पर्न थालेका छन्। नेपाली र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्।
अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले जानकारी दिए। बिहीबार भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो।
रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भएका थिए। यसअघि मंगलबार पनि गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
रिलिज गरेको पछिल्लो ’ह्यापी तिहार’ नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्द्धन गरेको देउसी भैलोको गीतलाई बङ्ग्याएको उजुरीपछि उनी पक्राउ परेका थिए। उनले हिरासतबाटै सो गीत आफ्नो आधिकारिक युट्युब च्यानलबाट हटाएका थिए।