काठमाडौैं– आज कात्तिक ७ गते, नेपाली क्रिकेट अनि क्रिकेट प्र्र्रेमीहरुको लागि विषेश दिन भन्दा फरक नपर्ला। नेपाली क्रिकेटका हस्ती तथा किर्तिमानी क्रिकेटर पारस खड्काको जन्मदिन।
नेपालको इतिहासमा गौरव गर्न लायक नामहरुमध्येको एक नाम पारस खड्का पनि हो। वि.सं २०४४ साल कात्तिक ७ गतेका दिन काठमाडौंमा जन्मिएका पारस नेपाली क्रिकेट प्रेमीहरुको ढुुकढुकी हुन्। शालिन स्वाभाव अनि सधैं कुल देखिने पारस सानैदेखि पढाइमा अब्बल थिए।
खेलकुदमा चासो राखेतापनि क्रिकेटर नै बन्छु भन्ने सोच नबनाएका पारस संयोगवश क्रिकेटर बन्नु नै नेपालीहरुको लागि गौरवको विषय बन्न पुग्यो। अन्डर–१५ एसिया कपबाट नेपाली क्रिकेट जगतमा औपचारिक यात्राको थालनी गरेका पारसले व्यक्तिगत किर्तिमानीसँगै नेपाली क्रिकेटलाई नै नयाँ मोडमा, नयाँ उचाईमा पु¥याए। अन्डर–१५ एसिया कपमा सहभागिता जनाएलगत्तै उनले नेपालको अन्डर–१९ टिममा खेल्ने अवसर पाएका थिए।
त्यसपश्चात् उत्कृष्ट प्रदर्शन गर्दै एकाएक चर्चाको शिखर चुमेका पारस नेपाली क्रिकेटको लागि अविस्मरणीय कोशेढुङ्गा साबित हुन सक्छन् भन्ने अनुमान लगाईन्थ्यो। सन् २००४ मा भारतमा सम्पन्न एसीसी अन्डर–१७ कप खेलेका पारसले सन् २००४ मा नै पहिलो पटक आइसीसी अन्डर–१९ विश्पकप क्रिकेट खेले।
सो प्रतियोगितामा गरेको प्रदर्शनका कारण उनले नेपालको राष्ट्रिय क्रिकेटको सिनियर टोलीमा स्थान बनाए र मलेसियाविरुद्ध नेपालको सिनियर टोलीबाट पहिलो खेल खेले।
पारसको देशप्रतिको माया, खेल दौरान उनले गर्ने प्रदर्शनका कारण सन् २००९ मा उनलाई कप्तानको जिम्मेवारी दिईयो। उनको कप्तानीमा नेपाली क्रिकेटले अपेक्षा गरिएको भन्दा बढी सफलता प्राप्त ग¥यो। सन् २०१० मा आइसीसी विश्व क्रिकेट लिग डिभिजन ५, २०१२ मा एसीसी ट्रफी इलिट कप, २०१३ मा आइसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि उनै कप्तान कुल पारसकै पालामा सम्भव भएको थियो।
सबै खेलाडीहरुलाई हौसला र प्रेरणा दिने पारसले नेपाललाई आइसीसी टी–२० विश्वकप २०१४ खेलाए। यो त्यसबेलासम्म नेपाली क्रिकेटले हासिल गरेको सबैभन्दा ठूलो अनि महत्वपूर्ण सफलता हो जसले विश्वसामु नेपाललाई क्रिकेट खेल्ने देशको रुपमा परिचित गरायो।
राजनितिक किचलोका कारण नेपाल क्रिकेट संघ(क्यान) आइसीसीको निलम्बनमा परेएता उनै पारसले नेपाली क्रिकेटको अभिभावक तथा कप्तानको रुपमा जिम्मेवारी सम्हाल्दै नेपाललाई अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता दिलाए। पारस टी–२० क्रिकेट र एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने एक मात्र नेपाली खेलाडी बने। त्यस्तै लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने विश्वको पहिलो कप्तानको किर्तिमान पनि उनै पारसको नाममा रहन पुग्यो।
पारसले क्यानको निलब्बन फुकुवा भएसँगै कप्तान छोड्ने निर्णय गरे। एक दशक नेपाली क्रिकेट टिमको नेतृत्व गर्दा पारस कहीँ कतै चुकेनन्। कुनै विवादमा फसेनन्। राष्ट्र र खेलप्रति बफादार रहे। क्रिकेट विकासको लागि कसैसँग कुनै सम्झैता गरेनन्।
डिभिजन ५ देखि ओडिआई सम्मको यात्रा नेपालजस्तो देशका लागि पक्कै सहज थिएन। तर पारसले आफ्नो कुशल कप्तानीमा नेपाली क्रिकेटलाई आजको उचाईमा सफल अवतरण गराए। नेतृत्व क्षमता र आत्मविश्वास भएका पारस नेपाली क्रिकेटको पर्याय हुन्। तिम्रो खेल जिवनसँगै व्यक्तिगत, पारिवारीक तथा सामाजिक जिवन सँधै सफल रहोस्। सुस्वास्थ्य, दीर्घायुको कामनासँगै ह्याप्पी बर्थ डे लेजेण्ड पारस!