काठमाडौं – चलचित्र ‘अन्तरे’ निर्माणको घोषणा गरिएको छ। चलचित्र सत्यराज चौलागाँइले निर्देशन बन्न लागेको हो। उनले याे भन्दा अगाडि चलचित्र ‘अनुराग’ निर्देशन गरिसकेका छन्।
रेड आइज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा राज पण्डित र सुवास राइको लगानी रहनेछ। समसामयिक कथामै चलचित्रको कथा तयार पारिएको निर्देशक चौलागाँइको भनाई छ।
चलचित्रका लािग मुख्य पात्रहरु भने छनोट गरिएको छैन। निर्देशकका अनुसार चरित्रात्मक चलचित्र भएकाले सोही किसिमको चरित्र निर्वाह गर्न सक्ने कलाकारसँग कुरा भैरहेको बताएका छन्। साथै तिहार लगतै चलचित्रका कलाकार फाइनल गरिने निर्माणपक्षले बताएको छ।
सत्यराजले १२ बर्षदेखि चलचित्र क्षेत्रमा काम गरिरहेका छन्। चलचित्र ‘अनुराग’ चिप्लिएपछि सत्यका लागि ‘अन्तरे’ विशेष हुने अनुमान गरिएको छ।