एजेन्सी– युइएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सी विजयी भएको छ। समूह ‘एच’को खेलमा चेल्सीले डच क्लब आयाक्सलाई १–० गोलले हराएको हो।
बुधबार राति भएको खेलमा चेल्सीका लागि मिचे बात्सुयाईले गरेको एकमात्र गोल निर्णयक बन्यो। बराबरीको स्थितिमा धकेलिएको खेलमा बात्सुयाईले अन्तिम समयमा गोल गर्दा चेल्सीले स्पष्ट ३ अंक जोडेकको हो।
रोमाञ्चक तथा घम्साघम्सी भएको खेलमा दुबै टालीले गोल गर्ने अवसरहरु सिर्जना गरेपनि गोल गर्न सकेका थिएनन्। खेलको १५औं मिनेटमा चेल्सीका मासन माउन्टका आक्रमण बुनेका थिए तर उनको प्रहारलाई गोलरक्षक एन्ड्री ओनानाले बचाएका थिए। खेलको ३५ औं मिनेटमा क्वीन्सी प्रोमिसले गोल गरेतापनि भिएआरलाई मान्यता दिएन।
लगातार आक्रमण गरेको चेल्सीले गोलको लागि लामो समय पर्खिनुप¥यो। वैकल्पिक खेलाडीको रुपमा मैदान पसेका बात्सुयाईले क्रिस्टियनले ८६ औं मिनेटमा चेल्सीका लागि गोल गरेका थिए। उनले पुलिसिसको पासमा गरेको गोल नै चेल्सीको जितका लागि पर्याप्त बन्यो।
जितसँगै चेल्सी ६ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ। समान ६ अंक रहेपनि आयाक्स दोस्रो स्थानमा छ।